दफा
निजामती सेवाको पदपूर्ति
(१) निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा दफा १९को उपदफा (२) बमोजिम र देहायको पद देहाय बमोजिम पूर्ति गरिनेछः–
पद
बढुवाद्वारा
खुल्लाप्रतियोगिताद्वारा
कार्यक्षमताकोमूल्यांकनद्वारा
आन्तरिकप्रतियोगितात्मकपरीक्षाद्वारा
जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा
(क) श्रेणीविहीन÷ राजपत्र
अनड्ढित पाँचौं श्रेणी
१०० %
– – –
(ख) राजपत्र अनड्ढित चतुर्थ श्रेणी – – – –
(ग) राजपत्र अनड्ढित तृतीय श्रेणी – – – –
(घ) राजपत्र अनड्ढित
द्वितीय श्रेणी ७० % – २० % १० %(ङ) राजपत्र अनड्ढित
प्रथम श्रेणी ४० % २० % – ४० %
(च) राजपत्राड्ढित
तृतीय श्रेणी ७० % – – ३० %
(छ) राजपत्राड्ढित द्वितीय श्रेणी
१० % ३५ % २० % ३५ %
(ज) राजपत्राड्ढित प्रथम श्रेणी
१० % ३५ % २० % ३५ %
(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा रिक्त पददेहाय बमोजिम पूर्ति गरिनेछ ः-
(क) जेष्ठता र कार्यसम्पादन मुल्याङ्कनद्वारा हुने बढुवाका लागि छुट्याइएको सबै वाकेही पदमा सम्भाव्य उम्मेदवरा नभई पद पूर्ति हुन नसकने भएमा जुन वर्षकोलागि त्यस्तो पद छुट्याइएको हो सोही वर्षको त्यस्तो पद कार्यक्षमताको
मूल्याङ्कनद्वारा गरिने बढुवाद्वारा,
तर उपदफा (१) को खण्ड (च) मा उल्लिखित राजपत्राङ्कित तृतीयश्रेणीको पदमा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागिसम्भाव्य उम्मेदवार नभई सबै वा केही पद पूर्ति हुन नसक्ने भएमा त्यस्तो पदखुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिनेछ ।
(ख) कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि छुट्याइएको सबै वा केही पदमासम्भाव्य उम्मेदवार नभई पद पूर्तिका हुन नसक्ने भएमा जुन वर्षको लागित्यस्तो पद छुट्याइएको हो सोही वर्षको त्यस्तो पद खुल्ला प्रतियोगात्मक
परीक्षाद्वारा ।
(ग) एक श्रेणी मुनिको पद नभएको सेवा समूह वा उपसमूहको पदमा रिक्त सबै पदखुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिनेछ ।
(१ख) यस दफा बमोजिम पदपूर्तिको लागि पदसंख्या निर्धारण गरी लोक सेवा आयोगले  विज्ञापन प्रकाशित गर्नेछ ।
(२) यो दफा प्रारम्भ हुँदाका बखत राजपत्र अनड्ढित चतुर्थ श्रेणीमा कार्यरत बहिदार वासो सरहका कर्मचारीहरू यो दफा प्रारम्भ भएको मितिदेखि राजपत्र अनड्ढित तृतीय श्रेणीमा स्वतःकायम हुनेछन्।
(३) उपदफा (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्र अनड्ढित  तृतीय श्रेणीको पदमा कुनै निजामती कर्मचारी बहाल नरहेमा त्यस्तो पद स्वतः खारेज हुनेछ । राजपत्र अनड्ढित तृतीय श्रेणीको पदमा कार्यरत कर्मचारीको बढुवा हुने पदको लागि आवश्यक पर्ने सेवा अवधि र बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणी मुनिको लागि तोकिएबमोजिमको शैक्षिक योग्यता पुगेको भएमा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ । यसरी बढुवा गर्नको लागि माथिल्लो श्रेणीको पद स्वतः सिर्जना हुनेछ र निज माथिल्लो पदमा बढुवा हुनुभन्दा अगाडि निज बहाल रहेको पद स्वतः खारेज भएको मानिनेछ ।
(४) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुख्य कार्य गर्ने र सहायक कार्य गर्ने श्रेणीविहीन पद तोक्नेछ ।
(५) यो दफा प्रारम्भ हुँदाका बखत रिक्त रहेका र यो दफा प्रारम्भ भएपछि रिक्त हुने उपदफा (४) बमोजिम तोकिएको सहायक कार्य गर्ने श्रेणीविहीन पदहरू स्वतः खारेज हुनेछन ।सम्बन्धित कार्यालयले यस्ता पदहरू खारेज भएको जानकारी निजामती किताबखानामापठाउनुपर्नेछ । त्यस्ता पदहरूबाट सम्पादन गरिने कार्य न्यूनतम पारिश्रमिक तोकी व्यक्ति वा
संस्थासंग करार गरी सेवा करारबाट सम्पादन गराउनुपर्नेछ ।
(६) उपदफा (१) को खण्ड (घ) बमोजिमको आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारापदपूर्ति गर्ने पदमा राजपत्र अनड्ढित द्वितीय श्रेणीको पदको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिकयोग्यता र न्यूनतम सेवा अवधि पूरा गरेको राजपत्र अनड्ढित तृतीय र श्रेणीविहीन पदमा कार्यरत कर्मचारीबाट प्रतिस्पर्धा गराई पदपूर्ति गर्नुपर्नेछ ।
(७) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजामती सेवालाई समावेशीबनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाईशतप्रतिशत मानी देहायबमोजिमका उम्मेदवारबीचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति
गरिनेछ :-–
(क) महिला – तेत्तीस प्रतिशत
(ख) आदिवासी÷जनजाति – सत्ताइस प्रतिशत
(ग) मधेसी – बाइस प्रतिशत
(घ) दलित – नौ प्रतिशत
(ङ) अपांग – पाँच प्रतिशत
(च) पिछडिएको क्षेत्र – चार प्रतिशत
स्पष्टीकरणः
(१) यस उपदफाको प्रयोजनका लागि “पिछडिएको क्षेत्र” भन्नाले अछाम, कालिकोट,जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनुपर्छ ।
(२) यस उपदफाको खण्ड (क), (ख), (ग) र (घ), को प्रयोजनको लागि “महिला अादिवासी÷जनजाति, मधेसी र दलित” भन्नाले आर्थिक र सामाजिक रूपमा पछाडिपरेका महिला, आदिवासी÷जनजाति, मधेसी र दलितलाई सम्झनुपर्छ ।
(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (७) को खण्ड (ङ)बमोजिम निर्धारित प्रतिशतको पद कुनै खास प्रकृतिको कामको लागि तोकिएबमोजिमकाअपांगहरूबीच मात्र प्रतिस्पर्धा गर्न पाउने गरी प्रतिस्पर्धात्मक परीक्षाद्वारा पूर्ति गरिनेछ ।
(९) उपदफा (७) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशतभन्दा कम घताङ्क (फ्याक्सन)आएमा त्यस्तो घताङ्क जुन समूहको हकमा घताङ्क आएको हो सोभन्दा लगत्तै पछिको
समूहमा सर्दै जानेछ ।
(१०) उपदफा (७) बमोजिम छुट्याइएको पदमा जुन वर्षको लागि विज्ञापन भएको हो सो वर्षहुने विज्ञापनमा उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा त्यस्तो पद अर्को वर्ष हुने विज्ञापनमा समावेश गर्नुपर्नेछ र त्यसरी विज्ञापन गर्दा पनि उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा त्यस्तो पद अर्को वर्ष खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा समावेश
गर्नुपर्नेछ ।
(११) उपदफा (७) बमोजिम निर्धारण गरिएको प्रतिशतद्वारा पदपूर्ति गर्ने व्यवस्था प्रत्येक दश वर्षमा पुनरावलोकन गर्नुपर्नेछ ।
(१२) उपदफा (७) बमोजिमको प्रतिशतबमोजिम पद संख्या निर्धारण गर्दा कुनै विवाद आएमा लोकसेवा आयोगको निर्णय अन्तिम हुनेछ ।
(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास प्रकृतिको कार्य वा पदका लागि महिलाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पद तोक्न सक्नेछ ।
(१४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पदको लागि आवश्यक न्यूनतम योग्यता पूरा गरी यो दफा प्रारम्भ हुँदाका बखत सरकारी निकायबाट सञ्चालित  महिला विकास कार्यक्रमको स्थायी पदमा कार्यरत कम्तीमा पाँच वर्ष अस्थायी सेवा गरेका महिला उम्मेदवारलाई मात्र यो दफा प्रारम्भ भएपछि एकपटकका लागि तोकिएको
पदमा लोकसेवा आयोगबाट निर्धारित प्रतिस्पर्धात्मक परीक्षा लिई स्थायी नियुक्ति गर्न सकिनेछ ।
(१४क) दफा ७ को उपदफा (१) मा उल्लिखित आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गरिने राजपत्राङ्कित द्वितीय श्रेणीसम्मको पदमा सो पदका लागि तोकिए बमोजिमको सेवाअवधि र योग्यता पुगेका यस ऐन, व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिमको सेवामा कार्यरत सबै कर्मचारी सम्भाव्य
उम्मेदवार हुने छन्।
(१५) …………………….
(१६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (छ) र (ज)बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पदको लागि चाहिने न्यूनतम योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र कुनै सरकारी सेवा वा प्रचलित कानुनबमोजिम दर्ता भएको संगठित संस्था वा
अन्तर्राष्ट्रिय संघ, संस्थाको अधिकृतस्तरको पदमा राजपत्रांकित द्वितीय श्रेणीको पदको हकमा पाँच वर्ष र राजपत्रांकित प्रथम श्रेणीको पदको हकमा सात वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
तर विद्यावारिधिस्तरको उपाधि प्राप्त गरेको व्यक्तिको हकमा अनुभवको अवधि दुई वर्षले कम हुनेछ ।
(१६क) उपदफा (१६) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि निकायमा आंशिक रुपमा काम गरेको अनुभव सो प्रयोजनको लागि गणना हुने छैन ।
स्पष्टीकरण :- यस उपदफाको प्रयोजनका लागि “आंशिक रुपमा काम गरेको”भन्नाले प्रति हप्ता चालीस घण्टा भन्दा कम समय गरेको कामलाई जनाउँछ ।
(१७) निजामती सेवाको पदपूर्तिसम्बन्धी अन्य व्यवस्था र विशेषज्ञ पदहरूको पूर्तिसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।